सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला

बोलन्या थली | ६ श्रावण २०७७, मंगलवार
सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए।

यस्तै  सुदूरपश्चिम प्रदेशसभा नजिकै धनगढीको एलएन चौकमा भेटिएको प्रेसर कुकर बम  पनि डिस्पोज गरिएको छ।

नेपाली सेनाको टोलीले एलएन चौक स्थित अमित प्लाजा नजिकै राखिएको प्रेसर कुकर बम डिस्पोज गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको डिस्पोज टोलीले बम डिस्पोज गरेको बताए।उनले प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक राखिएको शंकास्पद वस्तु समेत  निस्क्रिय पारेको जनाएको छ ।

जनाअवजको टिप्पणीहरू