आइतबार थपिए १५६ जना कोरोना संक्रमित

बोलन्या थली | ४ श्रावण २०७७, आईतवार
आइतबार थपिए १५६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको छ ।

आइतबारसम्म २२ हजार ६६२  जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९२३ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ७४१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख १५ हजार ५७० पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्को विरोध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएको छ ।अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० रहेको छ ।

जनाअवजको टिप्पणीहरू