वनारसमा एक नेपालीको कपाल मुण्डन गरेको आरोपमा एक पक्राउ

बोलन्या थली | ३ श्रावण २०७७, शनिबार
वनारसमा एक नेपालीको कपाल मुण्डन गरेको आरोपमा एक पक्राउ

भारतको वनारसमा एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।वनारसका प्रहरी प्रमुख अमित पाठकले एक जना आरोपीलाई पक्राउ गरिएको भारतीय समाचार च्यानल एनडिटिभी हिन्दीलाई बताए।

घटनालाई गम्भीर रूपमा लिएको र दोषीमाथि कडा कारबाही गरिने उनले बताए।केही दिनअघि भानुभक्त जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभएर नेपालमै भएको र भगवान राम नेपालकै जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर  वनारसको एक दक्षिणपन्थी संगठनमा आवद्ध केही व्यक्तिको समूहले ती नेपालीको जबरजस्ती कपाल मुण्डन गरेर ‘जय श्री राम’ नारा लगाउन लगाएको थियो।

उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।प्रहरी प्रमुख पाठकका अनुसार एक आरोपी अरूण पाठक हुन्। जसले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

जनाअवजको टिप्पणीहरू