चोरले भगवानलाई चिठ्ठी लेखेर दानपेटीको रकम चोरे
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![चोरले भगवानलाई चिठ्ठी लेखेर दानपेटीको रकम चोरे](https://bolanyathali.com/wp-content/uploads/2020/07/theft_1_5141300_835x547-m-768x503-1.jpg)
भारतको मध्य प्रदेशमा चोरले आश्चर्य लाग्दो काम गरे । भगवानको मन्दिरमा दानपेटीमा जम्मा भएको रकम चोरले चोरेको छ । दानपेटी फुटाउनु भन्दा पहिला उस्ले भगवानको नाममा एक चिठ्ठी लेखेर राखिदिएको छ ।
सिद्धेस्वर हनुमान जीको मन्दिरमा मानिसहरुले पुजा गरेर पैसा चढाएका थिए, त्यहि दानपेटीका फोडेर चोरले हजारौ रुपैयाँ चोरेको छ । दानपेटीमा चोरले छोडेको चिठ्ठीमा आफू धेरै दुखी भएकोले चोर्न बाध्य भएको र माफ दिन पनि आग्रह गरेको छ ।
चोरी भएको बिहानै श्रद्धालु मन्दिर पुग्दा मन्दिरको ढोका खुल्ला र टुटे फुटेका सामान छरपस्ट भएको स्थानियले बताएका छन् । दानपेटीको नजिकमा चिट्टी भेट्टाएका थिए । अज्ञात चोरको खोजी प्रहरीले गरिरहेको छ । एजेन्सी
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)