छ जनाको परिवार,सम्पत्तिको नाममा आफन्तले दिएको पाठी र गाउलेले बनाईदिएको घर


डडेल्धुरा जिल्लाको अजयमेरु गाउपालिका ६ कि ३८ लक्ष्मी देबि पन्तलाई परिवार पाल्न मुश्किल भएको छ । पाँच छोरा रहेकि उनी आफू मुटु बिरामी समेत रहेकी छिन । दस बर्ष पहिले नै उनका श्रीमानको मृत्यु भैसकेको छ । सम्पत्तिको नाममा गाउले बनाईदिएको घर र आफन्तले दिएको पाठी रहेको उनले बताईन । उनले भनिन,´छाक टार्न मुस्किल छ,कतैबाट पनि घर खर्च चलाउने आधार छैन,आफू मुटु बिरामी छु केही काम गर्न सक्दिन,ऋण थपिएका थपिए छ।’ १७ बर्षिय जेठो छोरो मेख राज पन्त साना चार भाइलाई पढाउन र म बिरामी आमाको रातदिन चिन्ता गरिरहन्थ्यो। केही बर्ष डडेल्धुराको सदरमुकामका केही होटलमा काम गर्यो । अहिले धनगढीको सानो होटलमा काम गर्दैछ । दुई छोरा गाउँ भन्दा बाहिरका आफ्न्तहरु कहाँ बस्दै छ्न भने एक छोरा गाउको आफ्न्त कहाँ र एक छोरा आफू सङ्ग रहेको उनले बताईन । गाउपालिकाले लकडाउन भएको बेला १८ केजि चामल पाएको पछि केही राहत पाईन । कसरी के गर्ने कहाँबाट राशन ल्याउने भनेर रात दिन चिन्ताले पिरोली रहन्छ । हामीलाई कसले हेरिदिन्छ होला उनले गुनासो पोखिन् । सहयोग गर्न चाहनेले लक्ष्मी देबि पन्त मोबाईल नम्बर ९८६४६०८७३६,डडेल्धुरा बजारका लागि राजेन्द्र पनेरु मोबाईल नम्बर ९८५८७५१२१९ र धनगढीका लागि यादव जोशी ९८५८४८०६५४ मा सम्पर्क गरिदिन अनुरोध गरिन्छ ।