धनगढीमा भएको परिक्षणमा सुदूरपश्चिमका थप ७ जनामा कोरोना संक्रमण पुष्टि


सुदूरपश्चिममा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका
अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ बर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिलामा कोरोना संक्रमण भएको छ । यस्तै कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का २२ बर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ बर्षीय महिलामा कोरोना पुष्टि भएको जनाएको छ ।