भारतमा पेन्सन बुझन गएका बैतडीका एक वृद्धको मृत्यु


भारतमा पेन्सन बुझन गएका बैतडीका एक वृद्धको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका ८ त्रिपुराका ८३ वर्षीय धनसिंह रावलको मृत्यु भएको हो ।
बुधबार पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइन बसेका बेला एक्कासी ढलेका रावलको उपचारका क्रममा मृत्यु भएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताए। मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त भएका थिए।