अमेरिकाको राष्ट्रपति पदमा चर्चित ¥यापर कान्ये वेष्टले उम्मेदवारी दिने

बोलन्या थली | २२ असार २०७७, सोमबार
अमेरिकाको राष्ट्रपति पदमा चर्चित ¥यापर कान्ये वेष्टले उम्मेदवारी दिने

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा ¥यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने बताएका छन् ।

आफू सन् २०२० को अमेरिकी राष्ट्रपति पदका लागि दौडमा रहेको चर्चित ¥यापर कान्ये वेष्टले जानकारी दिएका हुन् । आफूले प्रशंसा गर्ने व्यक्ति डोनाल्ड ट्रम्पविरुद्ध नै आफ्नो उम्मेदवारी हुने भएको पनि उनले उल्लेख गरे ।

उनको उम्मेदवारीलाई उनकी सेलिब्रेटी श्रीमती किम कार्दशियन वेष्ट र उद्यमी एलोन मस्कले समर्थन गरेका छन् ।

आफू संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि दौडमा रहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै उनले भने अमेरिकीसमक्ष दिएका बाचाहरु पूरा गर्ने समय आएको बताएका छन् ।

भगवानप्रति भरोसा गर्दै हाम्रा लक्ष्यहरुलाई एक गर्दै सुन्दर भविष्यको निर्माणमा एकत्रित हुने समय आएको पनि उनको भनाइ छ ।

कान्ये के साच्चिकै राष्ट्रपति पदका लागि मैदानमा उत्रने छन् भन्नेमा भने धेरैले आशंका गरेका छन् ।

जनाअवजको टिप्पणीहरू