बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता , १७ घर पुरिए
बोलन्या थली |
२० असार २०७७, शनिबार
बझाङ। बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता भएका छन भने १७ घर पुरिएका छन । जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेसीमा पहिरो जाँदा उनीहरु वेपत्ता भएका हुन्।
बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार पहिरोले आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएगै नेपाली सेनालाई पनि घटनास्थलमा जान भनिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईईएको जानकारी दिए। घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको उनले बताए ।
यद्यपी स्थानीय लोकेन्द्र विकले भने अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।