आज संसदमा सरिता गिरि कता ?
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशान छापमा प्रतिबिम्बित गर्नेगरी आज संसदमा प्रस्तुत संविधान संशोधन विधेयकक पारित गर्दैछ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने देशका सबै दलले पक्षमा मतदान गर्ने निर्णय लिइसकेका छन् । जसमध्ये जनता समाजवादी पार्टी पनि हो ।
जसपाले विधयेक पारित गर्न मतदान गर्ने निर्णय हिजो लिएको हो । तर, जसपाकै सांसद सरिता गिरीले प्रतिनिधिसभाबाट २७ जेठमा सर्वसम्मतबाट स्वीकृत भइसकेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी छिन् । उनी लिम्पियाधुरा नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्रि दिएर विवादमा आएकी छिन् । गिरीलाई पार्टीले प्रस्ताव फिर्ता लिन भनेको छ । उनलाई कारबाही गर्ने सम्मको चेतावनी दिइएको छ । तर गिरी टसमस भएकी छैनन् ।
गिरीले आज पारित हुने विधयेकमा कुन पक्ष लेलिन् ? चासोको विषय छ । गिरीमात्र विधयेकको विरुद्ध देखिएकी सांसद हुन् । उनी पनि पक्षमा देखिए विधयेक सर्वसम्मतले पारित हुनेछ ।
गिरीले लिएको अडानका कारण उनले पक्षमा मतदा गर्ने सम्भावना कम देखिएको छ । तर, पार्टीले निर्णय गरेकाले उनी दबाबमा छिन्