आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङ,सतर्कता अपनाउन आग्रह

बोलन्या थली | ३१ जेष्ठ २०७७, शनिबार
आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङ,सतर्कता अपनाउन आग्रह

नेपालमा मनसुन भित्रिएको छ । दुई दिन ढिलो गरी हिजो साँझ नेपालको पूर्वी भागमा मनसुन भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १० जुनमा मनसुन प्रवेश गर्ने गरेकोमा यसपाली १२ जुनमा प्रवेश गरको छ । यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुँदा सतर्कता अपनाउन र पूर्व तयारीमा लाग्न आग्रह गरिएको छ ।

नेपालमा बँगालको खाडी हुँदै मनसुन पूर्वी भागबाट प्रवेश गर्दछ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको जनाएको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू