सुदूरपश्चिममा शुक्रवार कोरोना संक्रमित भेटिएन

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
सुदूरपश्चिममा शुक्रवार कोरोना संक्रमित भेटिएन

सुदूरपश्चिममा शुक्रवार कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पतालले विगत २४ घण्टाको अवधिमा नमूना परीक्षण गरेको कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ ।

अस्पतालका अनुसार २४ घण्टामा परीक्षण गरिएका एक सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । यसअघि बिहीबार सुदूरपश्चिममा कोरोना भाइरसका २७ जना संक्रमित थपिएका थिए । जसमा चार दिने शिशु पनि थिइन् ।  

जनाअवजको टिप्पणीहरू