गजल : जानी जानी

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
गजल : जानी जानी

थोरै त ठाउँ दिनुस मोहदय हलचल हुनलाई
ठोस बस्तुले पनि पग्लीनु पर्छ तरल हुनलाई !

सडकबाट उठेको हु दरबारको सपना देखेर
यस्तो गल्ती जानी जानी गरे घायल हुनलाई !

मेरो मृत्यु पछि कायर भनी नधिकार्नु होला
सहज थिएन जिन्दगीको प्रश्न हल हुनलाई !

कसरी भन्छौ मुटु सयौं संग बाँड्छस भनी
विश्वास गर अभिनय गर्दैन असल हुनलाई !

अरे यार हाँसोको खाँतिर ह्रदय बेचेर आए
भन के गरु तिम्रो नजरमा पलपल हुनलाई !
– शुधा भीम डागी , सिमलखेत जोगबुढा
हाल : कुवेत

जनाअवजको टिप्पणीहरू