कैलाली अस्पतालद्वारा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

बोलन्या थली | १० पुष २०७७, शुक्रबार
कैलाली अस्पतालद्वारा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कैलाली अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको हो ।

अस्पतालका सञ्चालक जनकराज जोशीका अनुसार प्रदेशमै पहिलो पटक अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको हो । यसअघि हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रियाका लागि  प्रदेश बाहिर जानु पर्ने बाध्यता रहेको थियो । उनले अब हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रियाका लागि प्रदेश बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिए ।

उनले पहिलो पटक सानो एउटा मेडिकलबाट यो अस्पतालको सुरुवात गरिएको बताए । उनले २०७१ बाट छाला सम्बन्धि, मानसिक रोग, जनरल सर्जरी, अर्थोपेडिक, युरोलोजी लगायतका सेवा विस्ता गरिएको र अहिले हाडजोर्नी र मेरुदण्डको शल्यक्रिया सेवाको सुरुवात गरेको जानकारी दिए । उनले सेवा सुरुवात गरेको पहिलो हप्तामै २ जनाको मेरुदण्डको सफल शल्यक्रिया गर्न सफल भएको बताए । 

उनले अन्य सवा पनि सञ्चालन गर्ने तयारी भईरहेको बताएका छन । यस्तै अस्पतालका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीले हाडजोर्नी तथा मेरुदण्ड सम्बन्धिका सबै शल्यक्रिया हुने बताए ।

अस्पतालमा मेरुदण्डको सफल सल्यक्रिया गरिएका छत्र बहादुर बमका आफन्तले यो अस्पतालमा राम्रो सेवा पाएको भन्दै खुशी व्यक्त गरेका छन । बाहिर जानु पर्दा धेरै खर्च लाग्ने थियो । अहिले धनगढीमै यो सेवा पाउँदा खर्च र समयको समेत बचत भएको बताए ।

जनाअवजको टिप्पणीहरू