डोटीमा जिप दुर्घटना हुँदा वडा सचिवसहित ४ जनाको मृत्यु

बोलन्या थली | २१ मंसिर २०७७, आईतवार
डोटीमा जिप दुर्घटना हुँदा वडा सचिवसहित ४ जनाको मृत्यु

डोटी ।  डोटीमा जिप दुर्घटना हुँदा वडा सचिवसहित  ४  जनाको मृत्यु भएको  छ । आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ मा दुर्घटनामा परेको हो ।

दुुर्घटनामा ज्यान गुमाउनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव ९नासु० २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छोरा मनिष अवस्थी र सासु आमा डम्मरी अवस्थी रहेकी छन् ।

उपचारको लागि दिपायल लैजाने क्रममा त्रिपाठीको छोराको मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले जानकारी दिए । घटना स्थलमै रहेका अध्यक्ष गड्शिलाका अनुसार सो घटनामा परेर बोगटान फुड्सिल गाउँपालिकामै कार्यरत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको कृषि प्राबिधिक हरि भट्टको पनि मृत्यु भएको छ ।

वडासचिव त्रिपाठी, त्रिपाठीकी सासु आमा र कृषि प्राविधिक भट्टको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस्तै दुर्घटनामा परि ४ जना घाईते भएका छन् ।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम रहेका छन् । घाइतेहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू