कृष्णपुरको प्रभात सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा उद्घाटन
कंचनपुर : कंचनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा उद्घाटन गरिएको छ । मंसिर १९ गतेसम्म चल्ने ११ औं बार्षिक साधारण सभा शनिबार प्रदेश सभा सदस्य तथा सहकारी राष्ट्रिय महासंघका संचालक तारा लामा तामाङले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तामाङले सहकारी मैत्री अभावका कारण समग्रमा देशभर अप्ठ्यारो रहेको बताए । तीन तहको सरकारले अनुगमन र प्रवर्द्धन गर्दा सहकारी क्षेत्र राम्रो हुने आश रहेपनी त्यो हुन नसकेको बताए । आर्थिक,सामाजिक र पर्यावरण अनुरुप रुपान्तरण गर्नु आवश्यक रहेको जोड दिए ।
बार्षिक प्रतिवेदन पेश गर्दै प्रभात सहकारीका कोषाध्यक्ष खगेन्द्र प्रसाद ओझाले २०६७ सालमा ११३ शेयरबाट स्थापना भएको सहकारी ११ औं बार्षिक साधारण सभा हुँदा ४ हजार चार सय २८ जना शेयर धनी रहेको बताए । सहकारीको अहिलेसम्म १२ करोड हजार सय रहेको र गत आर्थिक बर्षको खुद नाफा ४८ लाख लक्ष्य रहेकोमा यश आर्थिक बर्षमा खुद नाफा ५४ लाख पुगेको जानकारी दिए । भावी योजना शेयर पुजी बढाउने,निक्षेप १५ करोड पुर्याउने, ६६ लाख खुद नाफा पुर्याउने लक्ष्य सहित सहकारीको आफ्नै सहकारीको भवन निर्माण गर्ने लक्ष्य रहेको बताए ।
सात दिनसम्म चल्ने ११ औं बार्षिक साधारण सभाबाट सहकारीको नयाँ संचालक समितिको अध्यक्ष,उपाध्यक्ष,सचिव, कोषाध्यक्ष र पाँच सदस्यीयको निर्वाचन गरिने कोषाध्यक्ष ओझाले जानकारी दिए ।
उद्घाटन कार्यक्रमको सभापति प्रभात बचत तथा ऋण सहकारीका अध्यक्ष जगदीश भट्ट रहेका थिए भने प्रमुख अतिथिमा प्रदेश सभा सदस्य तथा सहकारी राष्ट्रिय महासंघका संचालक तारा लामा तामाङ, विशिष्ट अतिथिमा प्रदेशसभा सदस्य देव राज पाठक र सुदूरपश्चिम प्रदेश नेप्सकुनका अध्यक्ष माधव प्रसाद जोशी रहेका थिए । उद्धघाटन कार्यक्रम सहकारीका सचिव गणेश मल्लले संचालन गरेका थिए भने सहकारीको ११ औं बार्षिक साधारण सभामा सहकारीका पदाधिकारी र शेयरधनीहरु सहभागी रहेका थिए ।