सुदूरपश्चिमका कानून मन्त्री शाह दम्पत्तीलाई कोरोना पुष्टि
बोलन्या थली |
१५ कार्तिक २०७७, शनिबार
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो ।
स्रोतका अनुसार शनिबार गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको हो । उनीहरु अहिले धनगढीस्थित सरकारी निवासमै सेल्फ आईसोलेसनमा बसेका छन् ।