प्रहरीनै असुरक्षित : तस्करी रोक्न खोज्दा हत्या
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक शनिवार राती डिउटिमा रहेको समयमा तस्करको आक्रमणबाट उनको घाँटी रेटि हत्या गरियो । उनिसङ्गै डिउटिमा रहेका अर्का प्रहरी जवान रामबहादुर साउद अझै बेपत्ता रहेका छन।
नेपाल–भारत सीमाको करिब ५ किमि क्षेत्र नजिकै रहेको जहाँ अबैध रुपमा ठूलो मात्रामा समान भित्रिने गरिन्छ र तस्करहरुका लागि अस्थायी प्रहरी बिट जुगेडा बाध्क बनेको थियो । तस्करहरुले शनिबार बेलुका प्रहरी सहायक निरीक्षक गोविन्द बिक रप्रहरी हवल्दार रामबहादुर साउँदलाई मोटरसाइकलमा गस्तीमा निस्किएका माथीनै आक्रमण गर्न पुगे । शनिबार रातीबाट सम्पर्कबिहिन भएका उनिमध्येका असई गोबिन्द बिकको आइतबार बिहान खोज्ने क्रममा धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित मोहना नदीमा घाँटी काटिएको अवस्थामा फेला परेको हो । उनको घटनास्थल नजिकै रहेको उखुबारीमा घाँटी रेटि मोहनामा फोलेको प्रहरीले जनाएको छ ।
आइतबार प्रहरीको अनुसन्धानका क्रममा पहिलो स्थानमा प्रहरीको एउटा जुत्ता फेला परेको छ भने दोस्रो स्थानमा प्रहरीकै ‘स्लिपिङ व्याग’ र चप्पल भेटिएको छ भने त्यसको केही पर रगतको छिटा देखिएको छ । त्यो भन्दा पर मोबाइल फुटेको अवस्थामा बरामद भएको छ । तस्करी रोक्ने खटिएका प्रहरी नै तस्करबाटै घाँटी रेटि हत्या गरिन्छ । भने सुरक्षामा खटिएका प्रहरी नै असुरक्षित रहेको बुझिन्छ । बर्दीमै अस्ताएका कञ्चनपुरको पुनर्वास नगरपालिका–९, ख गाउँका गोबिन्दका परिवार र गाउै शोकमा डुबेको छ । मृतक गोबिन्द बिकका दुई छोरी र श्रीमती रहेका छन् । परिवारले सत्य तथ्य छानबिन नहुन्जेल सम्म शव नबुझ्ने बताएका छन् ।