कैलाली प्रशासनद्वारा चाडपर्व लक्षित निषेधाज्ञा जारी


कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले पुनः निषेधाज्ञा जारी गरेको छ।कोरोना संक्रमण दर दिनप्रति दिन बढ्दै गएको भन्दै अर्को आदेश नभएसम्म कार्तिक १ गतेदेखि पुनः निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा शनिबार जारी गरेको निषेधाज्ञा अनुसार जो कोहीले उलंघन गरे प्रचलित कानून अनुसार कडा कारवाही गर्ने जनाइएको छ।
जारी गरिएको ७ बुँदे आदेश अनुसार तोकिएका मापदण्ड पूरा गरी जिल्लाभित्र लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ। तर सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गतेभन्दा पहिले कायम गरिएको नियमित भाडा दर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ।
