नेविसंघका युवा नेता ओझाले थाले घरदैलो अभियान


धनगढी : नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले घरदैलो अभियान सुरु गरेको छ । “समस्या उपाय र समाधान, नेविसंघको घरदैलो अभियान” भन्ने नारासहित नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले नेविसंघका युवा नेता पदम ओझालाई घरदैलो अभियानमा खटाएको हो ।
शनिबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै नेविसंघ क्षेत्र नम्बर ४ कैलालीले गोदावरी नगरपालिकामा रहेका हरेक वडामा पुगेर कोरोनाको महामारीमा समस्यामा परेका परिवारसङ्ग भेटघाट र समस्यामा परेका परिवारलाई सक्दो खाध्यान्न सहयोग गरि उनिहरुका समस्या समाधानका लागि सम्बन्धित सरोकारवालासङ्ग पहल गरिने जनाएको छ ।
गोदावरी नगरपालिकाका प्रत्येक वडाका २७ हजार घरधुुरी अन्तर्गत बिपन्न बर्ग समक्ष पुगि समस्या पहिचान गरि समन्धित निकाय सम्म पुगाउने उद्देश्यले नेविसंघले अभियानका अभियान्ता युवा बिद्यार्थी नेता पदमराज ओझालाई खटाएको नेविसंघ क्षेत्र नम्बर ४ का सभापति गणेश शाहले बताए ।
सोमबारबाट सुकुम्बासी बस्तिबाट अभियानको सुरुवात गर्न लागिएको घरदैलो अभियानमा खटिएका नेविसंघका युवा नेता पदम ओझाले बताए ।
उनले अभियानका क्रम गरिब बिपन्न परिवार लक्षित गरि उनिहरुका समस्या बुझ्ने र समस्या परेकालाई सक्दो खाध्यान्न सहयोग गरिने बताए ।
यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर ४ का पार्टी सभापति हेम प्रकाश उप्रेतीले कोरोनाको महामारीमा पनि जनताको घरदैलो अभियान चलाउनु एकदम राम्रो काम भएको र अभियानमा पार्टीको सहयोगसङ्गै अभियानको शुभकामना समेत दिएका थिए ।