‘बलात्कारी होस् तँ’ भन्दै धनगढीमा प्रदर्शन

बोलन्या थली | ३० आश्विन २०७७, शुक्रबार
‘बलात्कारी होस् तँ’ भन्दै धनगढीमा प्रदर्शन

धनगढी : नेपालमा दैनिक महिला तथा बालिकामाथी बलात्कारका घटना बढ्दै गईरहेका छन् । बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्ने भन्दै दैनिक जसो बिरोध प्रदर्शन भईरहेका छन्  । शुक्रबार धनगढीमा पनि रोचक रुपमा बलात्कार घटनाबाट पीडितहरुले न्याय पाउनु पर्ने भन्दै बिरोध प्रदर्शन गरिएको छ ।

स्वतन्त्र रुपमा सहभागी भएका करिव ३० जना युवतीेहरु शरिरमा पुरै कालै कपडा र आँखामा कालोपट्टी बाँधेर हातमा ‘अझै कति सहने’ भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारासहित प्लेकार्ड बोकी युवतीहरुले बाजाका आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।

समाजमा बलात्कारविरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए । बिरोध प्रदर्शनमा सामाजिक कार्यमा सक्रिय रहेको बोलन्या थली पनि सहभागी रहेको थियो 

जनाअवजको टिप्पणीहरू