कविता : आऊ साथि सत्यको लडाईमा

बोलन्या थली | २४ आश्विन २०७७, शनिबार
कविता : आऊ साथि सत्यको लडाईमा

धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम भएको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक रियल एनलाईसिसले बाचन गरेको कविता “आऊ साथि सत्यको लडाईमा”

एउटा बूढो रुख
फेदमुनी हुर्किदै गरेका
कलिला मुनाहरुलाइ
दिनभरि नियाली रहन्छ
रातभरि सोच्न थाल्छ
म उभियको धरातल
कुनै भु(माफियाको कब्जामा परे
यी कलिला मुनाहरुको हाल के होला ?
जिन्दगीका हजारौ गर्जन
जङ्गल भरि गर्जेर
राज गरेको सिंह
साझपख गुफामा लम्पसार परेर
बाहिर नाच्दै गरेका डमरुलाई हेरेर
आँखा रसिला बनायर सोच्न थाल्छ
यो जङ्गलमा
कुनै तस्करको नजरलागे
हुर्किदै गरेका डमरु हाल के होला ?
यहाँ हरेकलाइ हुन्छ
आफ्नो धरातलको चिन्ता
आफ्ना सन्तानको चिन्ता
यिनै चिन्ताका दस्ताबेज
झोलामा च्यापेर
एक बूढो डाक्टर
डुलिरहन्छ
बुढिगङ्गा किनार तिर
ताजकोटका बस्ती भित्र
देउलिका टाकुरा तिर
सल्लेरी देखि सोलु सम्म
आसाका बीउ बोकेर
फाट्दै गरेको सेतोकोटको खल्ती भरी
आफू जस्तै ल्यापटप बोकेर
काठमाडौको खबर सुन्ने
आफ्नो हाल भन्ने
मोबाइल थिच्दै थिच्दै!
बूढो डाक्टर
रुकुमका दुर्गम बस्तिका
बिरामिको चिन्ता गर्दै हिन्छ
छातिमाथी आफन्त र देश बोकेर
बिदेशी गल्लिहरुमा चहारी रहेका
जुम्ली विद्यार्थीका सपना
आफ्ना आखामा नचाउछ
पर पर हिमाल भन्दा पर
माथी माथी सगरमाथा भन्दा माथी
महाकाली देखि मेचि
लिम्पिया देखि टिस्टा
स्वास्थ सेवा बिस्तार होस भन्छ
तर
स्वाभिमानको धौलागिरी जत्रा
कुरा गर्ने
देशभक्तिको सगरमाथा भन्दा अग्ला
कुरा गर्ने
भुपिले भने झैं
स्टक एक्सचेन्जका सेयर जस्तै
आत्मा क्रय बिक्रय गर्ने नेताहरु
बूढो डाक्टरलाइ
पागल भन्छन!!
हामिले यो देशका क्यान्सरहरुको
केमोथेरापी नगरे कस्ले गर्नेरु
च्वास्स च्वास्स घोच्ने घातक
गुहेत्राहरुलाइ कस्ले जरै देखि उखाल्ने ?
माओले भन्थे
ूअन्याय देख्दा
आखामा आगो नउब्जाउने युवा
युवा नै होइनू
यो प्रश्न खडा भयको छ
तपाईं हाम्रा अघि
के हामिलाइ बल्झिदैन
द्दठरद्दठ दिनको भोकको घाउ ?
विश्व बिजेता
अलेक्जेण्डर द ग्रेट
मृत्युसैया बाट
आफ्ना जनरलहरुलाइ भन्थे
म मरे पछि
मेरो स्मारक नबनाउनु,
मेरो शरीर गाडी दिनु,
मेरा हातहरु बाहिर देखाइदिनु,
मान्छेलाइ थाहा होस कि
संसार जितेका मान्छेका
हातमा केही थियन्
आज बूढो डाक्टर
आलाप गरिरहेछ
ूमेरा ब्यक्तिगत चाहाना केही छैन
बस उपत्यका भित्रको
स्वास्थ क्षेत्रको सिन्डिकेट तोडिदेउ
पुर्याइदेउ दुर दराजका बस्तिसम्म
सिटामोल
जिवनजल
बनाइदेउ गरिबको छोरोले पनि
डाक्टर बन्ने गोरेटो!!!
सासक कति क्रुर हुन्छन
भोक हड्तालमा जीवन गुमायकी
टर्कियन न्याय कर्मी इबु तिम्तिक
पछिल्लो उदाहरण हुन
यहाँ पनि घटना दोहरिन सक्छ।
आउ साथी
सत्यको लडाइमा
बूढो डाक्टरकलाई
जिवनको बैसाखी दिन
मेडिकल माफियाको
सिन्डिकेटको जालो तोड्न
यो लडाइ हाम्रै हो
हाम्रा सन्ततिको भबिस्यको हो
आउ साथी
सत्यको लडाइ लड्न।

जनाअवजको टिप्पणीहरू