बोलन्या थलीको सेटमा डा. केसिका लागी कविता कार्यक्रम सम्पन्न

बोलन्या थली | २४ आश्विन २०७७, शनिबार
बोलन्या थलीको सेटमा डा. केसिका लागी कविता कार्यक्रम सम्पन्न

धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम गरेको छ । शनिबार  बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा गरेको हो ।

२६ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीका माग जायज भएको भन्दै त्यसका लागि आआफ्नो क्षेत्रबाट दबाद आवश्यक रहेको भन्दै सहभागी सर्जकहरुले कविता मार्फत सरकारको ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा सर्जक जनक रसिक,सिद्ध राज पनेरु,मदन भण्डारी,तेज पुरुष,रियल एनलाईसिस,लक्ष्मण भट्ट र सन्तोष पन्तले कविता र गजल वाचन गरेका थिए ।
यस्तै कार्यक्रममा बोलन्या थलीका संयोजक यादव जोशी,बोलन्या थली युनिटिका सदस्य लगायत डा. केसिका समर्थक युवाहरुको सहभागी रहेको थियो ।

जनाअवजको टिप्पणीहरू