स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमै सुत्केरीको मृत्यु

बोलन्या थली | २३ आश्विन २०७७, शुक्रबार
स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमै सुत्केरीको मृत्यु

बाजुरा । सुत्केरी व्यथा लागेकी बाजुराकी एक महिलालाई प्रसुती गराउन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी २३ वर्षीया अम्बकला रोकायाको बिहीबार राति मृत्यु भएको हो ।

बिहीबार साँझतिर सुत्केरी व्यथाले च्यापेपछि रोकायालाई कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर, उनको बाटोमा नै मृत्यु भएको बुढीनन्दा–४ का वडाध्यक्ष राजन रोकायाले जानकारी दिए ।

गाउँमा प्रसुती सेवा केन्द्र नहुँदा सुत्केरी व्यथा लागेकी महिलालाई समेत बोकेर ५ घण्टाको दूरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

जनाअवजको टिप्पणीहरू