एकैदिन ४३६४ जनामा कोरोना संक्रमण,१२ जनाको मृत्यु
बोलन्या थली |
२२ आश्विन २०७७, बिहीबार
काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा एकैदिन चार हजार ३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकैदिन नेपालमा संक्रमण पुष्टि भएको अहिलेसम्मकै उच्च संख्या हो । पछिल्लो २४ घन्टामा १८ हजार ४ सय ७३ पीसीआर नमूना परीक्षण गर्दा २ हजार ८ सय तीन पुरुष र १ हजार ५ सय ८१ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । चार महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । चितवनमा तीन, काठमाडौंमा दुई, सुनसरी, धनुषा र कास्कीमा एक–एक जना पुरुषको मृत्यु भएको हो ।