डीपीएल फेरी सर्‍यो, नयाँ मिति छिटै तोकिने

बोलन्या थली | १९ आश्विन २०७७, सोमबार
डीपीएल फेरी सर्‍यो, नयाँ मिति छिटै तोकिने

धनगढी प्रिमियर लिग (डीपीएल) टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ । चौंथो संकरणको प्रतियोगिता स्थगित भएको आयोजक आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै जनाएको छ ।

चौंथो संस्करणको प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुने तालिका रहेको थियो । कोरोना भाइरसको महामाीका कारण प्रतियोगिता स्थगित भएको आयोजकले बताएको छ । प्रतियोगिताको नयाँ मिति छिटै तोकिने आयोजकले  तोकिने आयोजकले बताएको छ । 

“यही अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेका थियौं । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण उक्त निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको छ । प्रतियोगिताको नयाँ मिति यथाशिघ्र चाँडो घोषणा गर्ने जानकारी गराउँछौं,” एकेडेमीका अध्यक्ष सुवास शाही हस्ताक्षरित विज्ञप्ती लेखिएको छ । 

यसअघि प्रतियोगिता करिब ८ महिना सरेको थियो । सुरुवातमा आयोजकले प्रतियोगिता गत वर्षको फागुन ३ गतेबाट आयोजना हुने जनाएको थियो । डीपीएलमा धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले सहभागिता जनाउँदै आएका छन् ।

जनाअवजको टिप्पणीहरू