बलात्कारका दोषिलाई सरकारनै उन्मुक्ती दिन लागेको छ : अधिकारकर्मी गोमा आचार्य


धनगढी १८ असोज,
अधिकारकर्मी गोमा आचार्यले कोरोना संक्रमणको महामारीको लकडाउनमा महिलामाथि घरेलु घटना नरोकिएको बताईन् । आईतबार बोलन्या थलीको सेटमा सम्झनाको सम्झनामा बिषयमा बोल्दै अधिकारकर्मी आचार्यले लकडाउनमा पनि महिलामाथिका हिंसाका घटना नरोकिएको बताएकी हुन् ।
बझाङमा १२ बर्षिया सम्झना कामीमाथि भएको बलात्कारपछी हत्याका दोषिलाई सरकारनै कम उमेर बनाएर कम सजाय दिलाउन लागि परेको आरोप लगाईन । व्यवस्था र अवस्था परिवर्तन भए पनि महिला हिंसाका घटनामा न्युनिकरण नआएको बताईन । गृहमन्त्रिले दिएको अभिव्यक्ती गैरजिम्मेवारी रहेको बताईन् । पद, शक्ति, पैसामा अपराधीलाई अभिप्रेरित गरिरहेको र यस्ता घटनाका दोषिलाई कडा कारबाही हुनु पर्ने माग गरिन् ।
कार्यक्रममा सहभागीहरुले महिला र बालीकामाथी हुने बलात्कारका घटना न्युनिकरणका लागी जनप्रतिनिधीको भुमीका र अधिकारकर्मीको पहलका बारेमा जिज्ञासा राखेका थिए ।
बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो । बलात्कारपछि हत्या गर्ने बझाङ मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहोरा पक्राउ परि सकेका छन् ।
