डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु

बोलन्या थली | १२ आश्विन २०७७, सोमबार
डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका युवक आइतबार राति अबेरसम्म घर नआएपछि खोजी गर्दा परिवारले मृतावस्थामा भेटाएका हुन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू