संचारकर्मी तथा सर्जक पाण्डेको ‘दशै आयो’ म्युजिक भिडियो सार्वजनिक

बोलन्या थली | ५ आश्विन २०७७, सोमबार
संचारकर्मी तथा सर्जक पाण्डेको ‘दशै आयो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड दशै तिहार नजिकिएसगैं संचारकर्मी तथा सर्जक समिर प्रकाश पाण्डेको “दशै आयो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नारीहरुको महान चाड तिजको अवसरमा ‘गिलास ठोक्काउने’ बोलको गितले यसअघि केहि विवादित बनेका सर्जक पाण्डेले आइतबार ‘दशै आयो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

आफुलाइ माया गर्ने मान्छेलाई चाहेर पनि छोडेर परदेशी भूमिमा जानुपर्ने बेदनालाई समेटेर तयार पारिएको गीतमा तिलक बस्नेत र कविता खत्रीको मीठो स्वरले सुनमा सुगन्ध थपेको छ । गायक बस्नेतकै संगित रहेको गितमा रमेश सेन्चुरीले एरेन्ज भरेका छन् ।

निर्देशक सिर्जन बरालको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा मोडल जिवि गुरुङ ,चिरञ्जीवी सापकोटा ,गिता ढुंगाना ,रुविसा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन भने छायांकन राजेश घिमिरेले गरेका छन् । उक्त म्युजिक भिडियो आहा टिभी युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

जनाअवजको टिप्पणीहरू