सेती अस्पतालमा स्वच्छिक ब्यक्तिले २५०० मा कोरोना परिक्षण गर्न सक्ने

बोलन्या थली | १७ भाद्र २०७७, बुधबार
सेती अस्पतालमा स्वच्छिक ब्यक्तिले २५०० मा कोरोना परिक्षण  गर्न सक्ने

धनगढी– सेती प्रादेशीक अस्पतालले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिले कोरोना परिक्षण गर्ने चाहने व्यक्तिले २ हजार ५ सयमा शुल्कमा परिक्षण गर्ने निर्णय गरेको हो ।

बुधबार सेती प्रादेशिक अस्पतालले सूचना जारी गर्दै स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिले अब कोरोना परीक्षण गर्दा दुई हजार पाँच सय शुल्क तिर्नुपर्ने जनाएको छ ।

कोरोना भाईरसको लक्षण भएका व्यक्ति, संक्रमितको सम्पर्कमा आएका व्यक्ति, परिवारका सदस्यसंगै सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने निशुल्क कोरोना परीक्षण हुने सेती प्रादेशिक अस्पतालका सुच्ना अधिकारी दिलिप कुमार श्रेष्ठकलेे जानकारी दिए । केहिदिन अघि संघिय सरकारले कोरोना परिक्षण गर्न चाहनेलाई ४ हजार ५ सय शुल्क निर्धारण गरेको थियो ।

जनाअवजको टिप्पणीहरू