आर्थिक अभावका कारण धनगढीका अरुणको उपचारमा समस्या, सहयोगको अपिल


धनगढी । यही असार १८ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका अरुण चौधरीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको परिवारले जनाएको छ ।
घरको आर्थिक अवस्था कमजोर रहेकाले अहिले अरूणको उपचारमा समस्या भएको उनको परिवारले जनाएको छ । धनगढी उपमहानगरपालिका १९ फुलबारी बस्ने २३ वर्षका चौधरीले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थियो । अहिले धनगढीको निसर्ग अस्पतालको आइसियुमा उनको उपचार भइरहेको छ । उपचार ठुलो रकम लाग्ने भएपछि उनको परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।
अरुणलाई सहयोग गर्नेले उनका बुबा फुलराम डंगौरा चौधरीको महालक्ष्मी विकास बैकमा रहेको ०७९००६००५७२०८४०००००१ मा अथवा ९८१२६०१२०५ मा सम्पर्क गरी सहयोग गरिदिन उनको परिवारले सबैमा सहयोगको अपिल गरेको छ ।