बोलन्या थलीका सचिव पन्त केएमसीको स्ववियु अध्यक्षमा विजयी

बोलन्या थली | २८ चैत्र २०८१, शुक्रबार
बोलन्या थलीका सचिव पन्त केएमसीको स्ववियु अध्यक्षमा विजयी

धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पस (केएमसी)को  स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा बोलन्या थलीका सचिव सन्तोष पन्त विजयी भएका छन् ।

नेपाल विद्यार्थी सङ्घकाे तर्फबाट उम्मेदवार दिएका पन्त अध्यक्ष पदमा निर्वाचित भएका हुन् । चैत २७ गते सम्पन्न निर्वाचनको बिहीबार दिउँसोबाट मतगणना सुरु भए पनि राती केही विवादका कारण मतगणना स्थगित भएको थियो ।

शुक्रवारको अन्तिम मत परिणाम अनुसार पन्तले अखिल क्रान्तिकारीका उम्मेदवार पवन सुनार र अनेरास्ववियुका उम्मेदवार यमराज जोशीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्  । पन्तले ८२७ मत ल्याउँदा अखिल क्रान्तिकारीका सुनारले ५५८ मत ल्याए भने अनेरास्ववियुका जोशीले ४२७ मत मात्रै ल्याउन सकेका हुन् । 

यसैबिच बोलन्या थलीका संयोजक यादव जोशीले नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गरे ।

जनाअवजको टिप्पणीहरू