सुदूरपश्चिम सिङ्गिङ एण्ड डान्सिङ स्टारको डान्सिङ विधाको विजेता बनिन् आयुष्मा


धनगढी । आयुष्मा प्रधान ड्रिम इन्टरटेन्मेन्टको आयोजनामा भएको सुदूरपश्चिम सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२४ को डान्सिङ विधा तर्फको विजेता बनेकी छन् ।
आइतबार सम्पन्न फाइनल अडिसनबाट प्रधान डान्सिङ स्टारको विजेता बन्न सफल भएकी हुन् । एभरेष्ट एकेडेमी अत्तरियामा कक्षा ६ मा अध्ययनरत प्रधान दर्शको सर्वाधिक भोटिङको आधारबाट डान्सिङ विधातर्फको विजेता बनेकी हुन् ।
आयुस्मा सानै देखि नृत्यमा रुचि राख्ने गरेको उनकी आमा आहिल्या प्रधान कुँवरले जानकारी दिइन् । अहिले छोरी सुदूरपश्चिम सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२४ को विजेता बनेको देख्दा खुसीको सीमा नै नरहेको उनी बताउँछिन् ।
उनले छोरीको चाहाना अनुसार नै अगाडी बढाइरहेकोले आगामी दिनहरूमा पनि यस्तै प्रतिफल पाउनेमा आफू विश्वस्त रहेको उनले बत्ताइन् । आयुष्माले डान्सिङ स्टारको विजेता बनेसँगै नगद १ लाख पुरस्कार समेत प्राप्त गरेकी छन् ।
