सुदूरपश्चिम प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिता सम्पन्न


धनगढी : धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिता २०८१ सम्पन्न भएको छ । बोलन्या थलीको आयोजना माघ १६ र १७ गते कैलाली बहुमुखी क्याम्पसमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

दुई दिन सम्म चलेको सुदूरपश्चिम प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालय, महेन्द्रनगर कञ्चनपुरले हात पारेको छ । यस्तै एलायन्स इन्टरनेसनल विद्यालय धनगढी द्वितीय हुन सफल भएको भने धनगढी नमूना माध्यमिक विद्यालय तृतीय भएको हो ।

प्रतियोगितामा प्रदेश कैलाली, कञ्चनपुर डडेलधुरा र बझाङका १० विद्यालयबाट १९ समुहको सहभागी थियो जसमध्ये १७ समुहले प्रतियोगिताको लिखित बहस नोट चरण पार गरे भने १३ समुहले बहस चरण पूरा गरी प्रतियोगितामा सहभागिता जनाएका थिए । उक्त १३ समुह मध्ये उत्कृष्ट बहस नोट धनगढी स्थित क्रिसेन्ट सिटी २ ले हात परेको छ भने टीम स्प्रीट पुरस्कार घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखडले हात पारेको हो ।

प्रतियोगिताको उत्कृष्ट वक्ता धनगढी नमूना माध्यमिक विद्यालयकी छात्रा शर्मिला धनुकले हात पारेकी हुन्। धनगढीको एक्सीस विद्याश्रमको सहकार्यमा भएको उक्त प्रतियोगितालाई डिज्यूरी इन्स्टिच्युटको प्रयोजनमा साथ दिएको थियो । सुदूरपश्चिम प्रदेशको कानुनी शिक्षाको इतिहासमा सबैभन्दा बढी सहभागी एवम वैद्धिक व्यक्ति बीचको जमात यो प्रदेशमै पहिलो पटक आयोजना गसिरएको आयोजनको भनाई छ ।