युवराज पाण्डेद्वारा डा. शेखरलाई १५ केजीको माला


धनगढी । डडेल्धुराका युवा समाजसेवी तथा नेपाली काँग्रेसका नेता युवराज पाण्डेको समुहले नेपाली काँग्रेसका इतर समूहका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढी विमानस्थलमा १५ किलोको मालाले स्वागत गरेका छन् ।
कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि डा. कोईरालालाई अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाईएको पाण्डेले जानकारी दिए ।
कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि डा. कोईरालालाई अग्रिम शुभकामना स्वरुप हामीले १५ किलोको माला लगाएका हौ ,` पाण्डेले भने ´ ।
डा. शेखरला सहित डा. सुनिल शर्मा पनि धनगढी पुगेका छन् ।
उनिहरूलाई हजारौं कार्यकताहरूले धनगढी बिमानस्थलमा बाजा गाजा सहित स्वागत गरेका हुन् ।
सुदूरपश्चिमका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आज धनगढी पुगेका हुन् । डा. कोइराला धनगढीमा रहँदा नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट तथा पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् ।