एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका अवस्थीलाई आर्थिक सहयोग

बोलन्या थली | १५ फाल्गुन २०७८, आईतवार
एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका अवस्थीलाई आर्थिक सहयोग

धनगढी : अमेरिकाकी  मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताविरुद्धको आन्दोलनका क्रममा गम्भीर घाइते भएका  हेमराज अवस्थीलाई डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषण गरेको छ ।

उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले  गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले ५० हजार नगत सहयोग गर्ने बताएका हुन् ।

गत बिहीबार काठमाडौँको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा डडेलधुराको नवदुर्गा गाउँपालिका ५ सिरोलका अवस्थी गम्भीर घाइते भएका थिए ।  घाइते अवस्थीलाई   तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो।

तर, त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेन्टर रिफर गरिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको जनाएको छ ।

जनाअवजको टिप्पणीहरू