लोक पप तथा डेउडा गायक बोहराको “ए कट्टी” सार्वजनिक

बोलन्या थली | २९ पुष २०७८, बिहीबार
लोक पप तथा डेउडा गायक बोहराको “ए कट्टी” सार्वजनिक

काठमाडौँ । नेपाली गित संगितमा छोटो समयमै चर्चा बटुल्न सफल पछिल्लो युवा पुस्ताका चर्चित लोकपप देउडा गायक चेतन बोहराको अर्को सांङ्गितिक कोशेली बजारमा ल्याएका छन ।
हर्क बिवस खनालको उत्कृष्ट शब्दमा तयार पारिएको “ए कट्टी” नामक गितमा गायक चेतन बोहराको स्बर रहेको छ, उक्त गीतलाई कम्पोजर भने स्वयंम गीतकार हर्क बिवस खनाल नै गरेका छन् भने संगीत संयोजन केशब बडुले गरेका छन् ।
चेतन बोहरा युटुब च्यालनवाट सार्वजनिक भएको गितको म्युजिक भिडियो पनि निकै रमाईलो सँगै गाउँघरका कुना कन्धराका बस्तु विशेषलाई उठान गरेको छ । उक्त गितको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई पशुपति खनाल र दुर्गेश जोशीले साथ दिएर अझै गीतलाई सुमधुर बनाई दिएका छन् ।
मिन रावलले सम्पादन गरेको म्युजिक भिडियोको छायाँकन मुकेश हुमागाईले गरेका हुन् । गायक बोहराले केही समय अगाडी काफल गेडी बोलको गित बजारमा ल्याएका थिए । यस अघि बजारमा ल्याएका उनका थुप्रै गितहरु अहिले पनि चर्चामा रहेका छन् । जुन गीत चेतन बोहरा युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

जुन गित चेतना बोहरा युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।https://www.youtube.com/embed/gwm6OkvwWXY?feature=share

जनाअवजको टिप्पणीहरू