भीमदत्त उत्कृष्ट कृषक पुरस्कार डडेल्धुराका अवस्थीलाई

बोलन्या थली | ५ पुष २०७८, सोमबार
भीमदत्त उत्कृष्ट कृषक पुरस्कार डडेल्धुराका अवस्थीलाई

 धनगढी : भीमदत्त उत्कृष्ट कृषक पुरस्कार डडेल्धुरा १ गन्यापधुराका दत्त राज अवस्थीले पाएका छन् ।

कृषि विकास निर्देशनालय दिपायल डोटीले आयोजना गरेको प्रथम भीमदत्त उत्कृष्ट कृषकमा उनी छनौट भएका हुन् । 

कृषि क्षेत्रमा पुर्‍याएको योगदानको मुल्याङकन गर्दै अवस्थीलाई आर्थिक वर्ष २०७७/७८ मा भीमदत्त उत्कृष्ट पुरस्कार प्रदान गरिएको कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज  जोशीले बताए ।

निर्देशनालय प्रमुख जोशीका अनुसार अवस्थी भीमदत्त उत्कृष्ट कृषकमा पुरस्कृत भए सँगै उनले नगद ७५ हजार समेत प्राप्त गरेका छन् ।  

No description available.

जनाअवजको टिप्पणीहरू