राजनीतिक र व्यवसायिक सफलताको कसिमा मेयर साउद

बोलन्या थली | १४ श्रावण २०७८, बिहीबार
राजनीतिक र व्यवसायिक सफलताको कसिमा मेयर साउद

आउदै गरेको नेपाली काङ्ग्रेसको महाधिवेशनमा काङ्ग्रेस भित्रका उमेदवारहरुको बारेमा सामाजिक सन्जाल , मिडिया तथा आमजनमा चर्चा , बहस र छलफल चलिरहेको छ ।हाम्रो परशुराम नगरपालिका डडेल्धुराका मेयर , कुशल राजनीतिज्ञ, सफल निर्माण ब्यबसायी भिम बहादुर साउदज्युले नेपाली काङ्ग्रेस डडेल्धुराको सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाको उम्मेदवारी घोषणाले जिल्ला भित्र र बाहिर समान रुपमा तरङ्ग र चासो पैदा गरेको छ ।हाम्रा सहयोद्दा साथिहरु प्रचारको क्रममा विभिन्न आरोपहरु लगाइरहेका छन ।

पार्टीको स्वस्थ जिवन र संगठनमा पुनर्जागरण र पुनर्जीवनका लागि मन्थन हुनु स्वभाविक हो । म हाम्रा सहयोद्धा साथिहरुका सबै आरोपहरुको खण्डन गर्ने बिचारमा छैन । त्यसको छिनोफानो पक्कै पनि जिल्ला अधिबेशनले गर्नेछ । त्यो नै लोकतान्त्रिक दल र नेतृत्वको भाग्य र भबिष्य फैसला निर्धारण गर्ने थलो पनि हो ।साथिहरुको भनाइ अनुसार उहाहरुले मात्र संगठनका लागि त्याग र जिल्लामा बिकास गरेका छौ भन्ने देखिन्छ ।

तर वास्तवमा उहाहरु असल मुद्दा बाट भागेका हुन कि जस्तो लाग्छ । जे जति संगठन निर्माण देखि बिकास निर्माणका सवालमा तपाई हामि सबैको सामुहिक अठोट र पहलको परिणाम हो भन्ने मेरो बुझाइ छ । साथिहरुले भाषण लगायत प्रचार कार्यक्रममा जुन कुरा र मुद्दा उठाउनु भएको छ । साथिहरुका बिचार र तर्कहरुले स्वभाबिक रुपमा पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाइ मजबुत र दिगो बनाउने नै छ ।तर साथिहरुले बाहिर भन्न नसकेको तर मनमा लागेको र गोप्य मिटिङ हरुमा भन्ने गरेको कुरो अर्कै छ ।

त्यो हो मेयर भिम बहादुर साउदको लामो, गर्बिलो र संघर्षशिल लोकतान्त्रिक राजनितीक यात्रा र इतिहास, सफल व्यवसायिक र उच्च नैतिक चरित्रले सिङ्गारिएको ब्यक्तित्व । उहाको उम्मेदवारी सङ्गै काङ्ग्रेस कार्यकर्तामा देखिएको उत्साह र केहि ब्यक्ति जसले आफुलाइ डडेल्धुरा काङ्ग्रेसमा सर्बशक्तिमान ठानेकाहरुले महशुस गरेको अकल्पनीय चुनौती ।कुरो यहिनेर गएर ठोक्किएको छ ।राजनीतिक र व्यवसायिक जिवनलाइ उहाले सङ्ग सङ्गै लगेर जानु भएको छ । पक्कै पनि समाजमा जनसम्पर्क राजनितीक, व्यवसायिक , पारिवारिक माध्यमबाट हुने गरेको छ । यसमा उहा अन्य प्रतिस्पर्धि भन्दा अगाडि हुनुहुन्छ ।

हिजोका दिनमा नेपाली जनताले राणा र पन्चायत बिरुद्ध संघर्ष गरे र त्यसैको परिणाम लोकतान्त्रिक ब्यबस्थाको पुनरोदय भए सङ्गै उदार आर्थिक , राजनीतिक ब्यबस्थाले फस्टाउने मौका पायो । यसै बिचमा कानुनले दिएको दायरा भित्र रहेर उहाले आफ्नो उद्योग, व्यापार र व्यवसाय सन्चालन गर्नु भयो । आर्थिक बिकासका क्षेत्रमा उहाले ठूलो योगदान गरेर राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डलाइ सबल पार्ने, मुलुकलाई ठूलो परिमाणमा कर तिर्ने , रोजगारी निर्माण गर्ने, प्रदान गर्ने ,मुलुकको समृद्धिमा योगदान पुर्याउने काम गर्नु भएको छ ।

उहा यसका लागि धन्यवादका पात्र हुनुहुन्छ ।त्यसै गरि तत्कालीन जोगबुडा गा बि स अध्यक्ष भइ उहाले बिकासको आधारशिला निर्माण गर्नुभएको थियो । बिकासका आधारभुत संरचना निर्माण एबम बिकासको मुलप्रबाहिकरणमा ल्याउन उहाको योगदान उच्च रहेको छ । बर्तमानमा परशुराम नगरपालिका प्रमुख भएर प्रतिपक्षीको अबरोध र असहयोगका बाबजुद जनताको नजिक रहेर सुखदुःखका साथि र बिकासका सारथि भइ सेवा गर्दै आउनुभएको छ । बिकास निर्माण देखि समाजमा आइपर्ने विविध समस्याहरुको उहाले अधिकतम पहल गरि समाधान गर्दै आउनु भएको छ । शालिन, भद्र, अनुशासित , सेवामुखि , आत्मनिर्भरतामुखि एबम रणनितिक ब्यक्तित्व भएका मेयर पार्टी भित्र मात्र होइन आम नागरिक माझ पनि लोकप्रिय हुनुहुन्छ ।

जिल्लामा मात्र होइन राष्ट्रिय पहिचानको ब्यक्तित्व बनाउनु भएको छ । राजनितीमा केन्द्र देखि ग्रामीण क्षेत्रसम्म सम्बन्ध निर्माण गर्नु प्रत्येक राजनितीक नेतृत्वको गुण ,कला र आबश्यकता हुन्छ । त्यो उहा सङ्ग छ र बनाउनु भएको छ ।राजनीतिको लामो दौडका हात्तिको रुपमा उहालाइ केन्द्र देखि जिल्ला सम्म हेरिएको छ ।

सभापति एबम प्रधानमन्त्री शेर बहादुर देउबाज्युको बिरासत बोक्न सक्ने छबि र क्षमता भएका कुशल संगठक एबम परिपक्क नेताको रुपमा उहालाइ हेरिदैछ ।प्रत्येक ब्यक्तिका सबल र दुर्बल पक्ष हुनु स्वभाविक हो । मेरो बिचारमा उहा खुला पाठशाला हुनुहुन्छ । हामिले उहाको मेहनत , लगनशीलता, खटनपटन , दुरदर्शिता , सहयोगि भाव , धैर्य , शाहस , जोखिम मोल्ने बानि आदि बाट धेरै सिक्न सक्छौ । उहाका ब्यक्तिगत , पारिवारिक , राजनितीक र व्यवसायिक ब्यबस्थापन कला र शैलीको प्रत्येक राजनीतिक कर्मि र ब्यबस्थापनका विद्यार्थीका लागि अध्ययनको बिषय हुनसक्दछ ।साथिहरु लोकतान्त्रिक दलमा बिचारमा बहस , संगठनमा पकड र जनसेवामा साझेदारी र सहकार्य हुन्छ नै ।

हामि बिच मतभेद हुन सक्लान तर मनभेद हुनुहुदैन । लोकतान्त्रिक स्कुलिङ्गबाट प्रेरित भएका र आबद्ध भएका मेरा सहकर्मी साथिहरु आउनुस तपाईं हामि सबै मिलि यस अधिबेशनबाट श्रदेय मेयर श्री भिम बहादुर साउदज्यु लाइ जिल्ला सभापति निर्बाचित गरि बर्तमानमा नेपाली काङ्ग्रेस डडेल्धुराको शिथिल, जर्जर , कमजोर पार्टी र भातृ संगठनलाइ जुझारु , संगठित , चुस्त , चलायमान ,अनुशासित , बलियो र बिशाल बनाउन एकजुट भएर लागौ । उहाको नेतृत्वमा नेपाली काङ्ग्रेस डडेल्धुराले पुनर्जीवन प्राप्त गर्ने छ ।
(बलदेव धामी , कृयाशिल सदस्य डडेल्धुरा )

जनाअवजको टिप्पणीहरू