‘अब धनगढी दौडन्छ’ को तयारी अन्तिम चरणमा

बोलन्या थली | २६ चैत्र २०७७, बिहीबार
‘अब धनगढी दौडन्छ’ को तयारी अन्तिम चरणमा

धनगढी,२६ चैत । हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

सके दौडौं,नसके हिडौं भन्ने नारासहित २०७८ सालको पुर्वसन्ध्यामा चैत २८ गते नवजीवन धनगढी हाफ म्याराथनको तयारी अन्तिम तिर पुगेको धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले बताए । अघिल्लो पटक भने कोरोना भाईरसका कारण हुन सकेको थिएन् । म्याराथन ४ वटा विधामा रहेको पहिलो २१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको  अध्यक्ष पनेरुले जानकारी दिए ।

यस्तै तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने  जनाएको छ ।   प्रतियोगिताको नवजीवन सहकारी मुख्य प्रायोजक रहेको छ । मुख्य प्रवर्द्धक धनगढी उपमहानगरपालिका,जेसिस इग्लिस बोर्डिङ,रेडक्रस कार्यालय धनगढी,कैलाली जिल्ला खेलकुद,रोयल सुज,एक्सिस स्कुल रहेको बताए ।

हस्पिटल पाटनरमा कैलाली हस्पिटल,निसर्ग हस्पिटल र माया मेट्रो हस्पिटल रहेको उनले बताए। प्रतियोगिता सहयोगीमा लक्ष्मी सहकारी,एभरेस्ट बैंक,सानिमा बैंक,पन्चकन्या ग्रुप,बिएसजी ट्रेड कन्सर्न रहेको बताए ।

यसबर्ष सिजि कम्पनीले सहभागी हुने मध्येबाट एउटा भाग्यमानीलाई गोलाप्रथाबाट सिजि कम्पनीको ४३ इन्चको एलईडी टिभी प्रदान गर्ने पनि अध्यक्ष पनेरुले बताए ।सहभागी हुन चाहने जो कोहिले नगद २ सय शुल्कमा जेसीजले उपलब्ध गराएको सहभागी फाराम भर्न सक्ने जनाएको छ ।

जनाअवजको टिप्पणीहरू