धनगढीमा हाउस डेकुरेसन उद्योग संचालनमा आउदै

बोलन्या थली | ७ फाल्गुन २०७७, शुक्रबार
धनगढीमा हाउस डेकुरेसन उद्योग संचालनमा आउदै

धनगढी : धनगढीमा तीन करोड लगानीमा हाउस डेकुरेसन उद्योग संचालनमा आउदै छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा ल्याउन लागेका हुन् ।

भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्रीलाई विस्तावित गर्न उद्देश्यले सस्तो,गुणस्तरीय तथा अत्याधुनिक घर निर्माणपछिका आवश्यक पर्ने फर्निचर,फर्निसिगं,किचनका डेकुरेसन,इन्टेरियर डेकुरेटका ब्राण्डेड कार्पेट,पर्दा लगायतका सामाग्री उत्पादित गरि यो क्षेत्रको आवश्यकको ५० प्रतिशत उत्पादन गर्ने योजना रहेको संचालक भोज राज भट्टले बताए।

‘अहिले सुदूरपश्चिम प्रदेशमा ठुलो लगानीमा उत्पादन नभएर भारत लगायत अन्य देशबाट हाउस डेकुरेट सामग्री आयातित भइरहेको छ । दक्ष र अनुभवी जनशक्तिबाट भारत लगायत अन्य देशबाट कच्चा पदार्थ ल्याएर यस क्षेत्रमा आवश्यक पर्ने हाउस डेकुरेसनका अत्याधुनिक तथा उच्च गुणस्तरीय हाउस डेकुरेटका ५० प्रतिशत साममाग्री उत्पादन गर्ने योजना अनुरुप करोडौं लगानीमा हाउस डेकुरेसन उद्योग संचालनमा ल्याउन लागेका छौं ।’

हाउस डेकुरेसन संगसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने भट्टले बताए । धेरै सेवाग्राहीले घरभित्रको डिजाइन कस्तो राख्ने ? वास्तुशास्त्र अनुसार कुन दिशामा वेड,किचन,बाथरुम,ट्वलेट राख्दा शुभ मानिन्छ यी सबै पक्षलाई हेरेर घरको डिजाइन उपलब्ध गराईने संचालक भट्टले् बताए ।

आलोक मल्टी कन्सर्न उद्योग संचालनमा ल्याएपछि तत्कालै टिकापुर,महेन्द्रनगर,डडेल्धुरा लगायत पहाडी जिल्लामा १० बिक्री शाखा राखिने छ । एक शाखामा २ जना मिस्त्री,२ जना लेवर र २ जना सेल्सम्यान गरि शाखामा ६० जनाले काम पाउने छन् भने धनगढीको मुख्य शाखामा ३० जनाले रोजगार पाउने संचालक भट्टले बताए

जनाअवजको टिप्पणीहरू