सुदूरपश्चिम प्रदेश सरकारले कृषि व्यवसाय गर्नलाई ५० लाख ऋण दिने

बोलन्या थली | २५ पुष २०७७, शनिबार
सुदूरपश्चिम प्रदेश सरकारले कृषि व्यवसाय गर्नलाई ५० लाख ऋण दिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले कृषि व्यबसाय गर्न चाहने तर पुुुजी अभावमा व्यबसाय गर्न नसकेका कृषककालागि ५० हजारसम्म ऋण दिने भएको छ ।

कृषि तथा पशुपन्छिलाई व्यबसायीरुपमा प्रबर्दन गर्न प्रदेश सरकारको भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले यस सम्बन्धी शुक्रबार कृषि विकास बैंकसँग मुख्यमन्त्री कार्यालयमा सम्झौता गरेको हो ।

सम्झौता कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रोजगार प्रवर्दन गर्न चहाने निम्न आयभएका ग्रामिण जनसमुदायलाई लक्षित यो कार्यक्रममा धितो लगायतका प्रकृर्यामा सहुलियत गर्न आग्रह गरे ।

सम्झौता पत्रमा प्रदेश सरकारको भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. किसन लाल भट्ट र कृषि विकास बैंक लिमिटेडका सुदूरश्चिम प्रदेश प्रमुख गोकुल पनेरुले हस्ताक्षर गरेका हुन् ।

भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले कृषि तथा पशुपन्छी व्यबसाय गर्न चहानेलाई कार्यक्रमले अनुदान सरहको सहायता प्रदान गर्ने बताएकी छन् ।

जनाअवजको टिप्पणीहरू