नेकपाको स्थायी कमिटी बैठक फेरि सर्यो, विवाद टरेन


नेकपा स्थायी कमिटीको तय गरिएको आजको बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने जनाएकाछ्न । पार्टी भित्र बढदै गहिरहेको बिबादलाई नेताहरुबीच सहमतिबाट समाधान गर्नु पर्ने भएकोले दुई दिन सारिएको उनले बताए ।
प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् । स्थायी कमिटीमा अधिकाशं नेताले राजिनामा मागेका छ्न ।