सरकारविरुद्ध काङ्ग्रेस सडकदेखी सदनसम्म आन्दोलन गर्ने तयारी

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
सरकारविरुद्ध काङ्ग्रेस सडकदेखी सदनसम्म आन्दोलन गर्ने तयारी

प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामविरुद्ध सरकार असफल भएको भन्दै सरकारविरुद्ध सडकदेखी सदनसम्म आन्दोलन गर्ने तयारी गरेको छ

प्रमुख प्रतिपक्षीसहित सबै राजनीतिक दल, नागरिक समाजलगायत सबै क्षेत्रको साथ पाउँदा पनि सरकार कोरोना नियन्त्रणमा असफल भएको र भ्रष्टाचारमा लिप्त भएको निष्कर्ष निकाल्दै कांग्रेसले सरकारविरुद्ध सडक र सदनमा सक्रिय र सशक्त रूपमा उपस्थित हुने निर्णय गरेको हो। सोमबारको केन्द्रीय समिति बैठकले ‘कोरोना महामारीमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचारविरुद्ध संघीय संसद्, प्रदेशसभा र सबै जिल्लामा सक्रिय र सशक्त रूपले प्रस्तुत हुने’ निर्णय गरेकै दोस्रो दिन संसद्मा कांग्रेस सांसद गगनकुमार थापा कडा रुपमा प्रस्तुत भएका थिए । 

जनाअवजको टिप्पणीहरू