चौराहमा “चौकिदार ” खै ?

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
चौराहमा “चौकिदार ” खै ?
धनगढीमा सरकारविरुद्ध प्रदर्शन

धनगढी ।  पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने भन्दै धनगढी चौराहमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ । प्ररदर्शनकारीले यो महामारीमा जनताको दुुु:ख नदेेेखेको भन्दै देेेशका सच्चा चौकिदार कता हराए भनेर नारा लगाएका छन ।

आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पीसीआर बिधीबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पीडित नागरिकको तर्फबाट प्रदर्शन आज गरिएको हो।

‘प्रदेश सरकार तिम्रो पाराले, दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको समेत आरोप लगाएका छन ।  

सरकारले कोरोना नियन्त्रणमा गर्न कुनै चासो नदिएको भन्दै सडकमा उत्रिनु परेको धनगढीका सिद्धराज पनेरुले बताए । उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

जनाअवजको टिप्पणीहरू