कर्णालीमा क्वारेन्टाईनमा यात्रु लैजादै गरेको टिपर दुर्घटना,३६ जना बेपत्ता

बोलन्या थली | २८ जेष्ठ २०७७, बुधबार
कर्णालीमा क्वारेन्टाईनमा यात्रु लैजादै गरेको टिपर दुर्घटना,३६ जना बेपत्ता

कालिकोट जिल्ला रास्कोट नगरपालिकाको टिप्पर लालीघाटमा दुर्घटना हुँदा ३६ जना कर्णाली नदिमा बेपत्ता भएका छन् । भारतबाट आएका रास्कोट नगरपालिकाका नागरिकलाई लालीघाटदेखि रास्कोटसम्म पुर्याउन टिप्परमा राखिएको स्थानिय एक युवाले बताए ।

युवाका अनुसार गाडी चालक र क्वारेन्टाईनमा बस्नका लागि रास्कोटतर्फ जाने नागरिकहरुबीच झडप भएको थियो ।

विस्तृत विवरण आउन भने बाँकी रहेको छ । नेपाल आर्मी, जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । बेपत्ता मध्ये ४ जनाको शव स्थानियले सडक छेउमै ल्याइसकेका छन् । अन्य ३२ जना कर्णाली नदिमा बेपत्ता छन् ।

जनाअवजको टिप्पणीहरू