सुदूरपश्चिम समाज टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल गर्दै

बोलन्या थली | २८ जेष्ठ २०७७, बुधबार
सुदूरपश्चिम समाज टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल गर्दै

धनगढी,जेठ २८ । सुदूरपश्चिम समाज टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल गरेको छ । समाजले सुदुरपश्चिम प्रदेशका लागि पिसिआर मसिन र किट खरिद गर्नका लागि पहल थालेको हो ।
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै गएपछि सो कदम चालेको समाजका वर्तमान अध्यक्ष भक्त बब भण्डारीले बताए ।

भारत बाट सुदूरपश्चिममा दैनिक ५ देखि ७ हजार व्यक्ति भित्रिरहेका छन् । उनीहरुको कोरोना परिक्षण गर्न एक मात्र प्रादेशिक प्रयोगशालाले धान्न नसकिरहेको कारणले पिसिआर मेसिन र किट खरिद गर्न पहल गरिएको भण्डारीले जानकारी दिए ।

उनले अहिले मसिन र किट खरिदका लागि पहल गरिएको र आवस्यकताका आधारमा सुदुरपश्चिमको कुन जिल्लामा राख्ने भन्ने बिषयमा सरोकारवाला निकाय संग छलफल पछि निर्णय गरिने बताए । उक्त मेसिन खरिद गरि जडान भएमा यस प्रदेशमा कोरोनाको जोखिम पत्ता लगाउन र जोखिमबाट बाहिर निकाल्न तथा यसको रोकथाम र नियन्त्रणमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम नेपाली समाज टेक्ससले अमेरिकाका बिभिन्न राज्यमा छरिएर रहेका सम्पूर्ण सुदूरपश्चिेमली नागरिकहरुलाई प्रदेशका जनताको स्वास्थ्य तथा सुरक्षाका लागि सहयोग गर्न समेत आग्रह गरेको छ ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा क्वारेन्टाईनमा ६० हजार भन्दा बढी व्यक्तिहरु बसिरहेका छन । प्रदेशमा एउटा मात्र पिसिआर मेसिन हुदाँ क्वारेन्टाईनमा बसेकाहरुको पिसिआर परिक्षण गर्न समस्या भईरहेको छ । भारतबाट दैनिक ५ देखि ७ हजार व्यक्ति भित्रिरहेका छन् ।

जनाअवजको टिप्पणीहरू