विवाहित छोरीले अपुताली सम्पत्ति लिन पाउने

बोलन्या थली | २८ जेष्ठ २०७७, बुधबार
विवाहित छोरीले अपुताली सम्पत्ति  लिन पाउने

कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्तिको हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ ।

नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै सर्वोच्चले हकवाला छोरी हुने फैसला गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुँयालको पूर्ण इजलासले विवाहित हुँदैमा छोरीलाई अपुताली लिन नपाए विभेद हुने ठहराएको हो ।

सौतेनीतर्फका छोरा हुँदाहुँदै विवाह भएकी छोरीले अपुताली अंश लिन नपाउने कानुन भएको भन्दै जिल्ला र तत्कालीन पुनरावेदन अदालतको निर्णय उल्टी गर्दै अंश दिने फैसला गरेको हो ।

सर्वोच्चले पाँच महिनाअघि गरेको फैसलाको पूर्णपाठ मंगलबार ल्याएको छ । ‘विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट बेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विवाहित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्करण, विभेदित हुने अवस्था आउँछ,’ सर्वोच्चले फैसलामा भनेको छ । नागरिक न्युजबाट

जनाअवजको टिप्पणीहरू