कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ

बोलन्या थली | २८ जेष्ठ २०७७, बुधबार
कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ

धनगढी , २८ जेठ । कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ परेका छन । जिल्लाको टीकापुर नगरपालिका–१ मा सोमबार मध्यरात १४ वर्षका तीन किशोरीमाथि सामुहिक बलात्कार गरेका ओरोपमा टीकापुर नगरपालिका–१८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दिपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दिपक ठकुल्लालाई प्रहरीले प्रकाउ गरेको हो ।

सोमबार राति १ बजे टीकापुर नगरपालिका–१ स्थित रानी कुलो किनारमा जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले बताए।

बलात्कारको आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

जनाअवजको टिप्पणीहरू