१० अरब कहाँ खर्च भयो? हामीलाई एकएक हिसाव चाहिन्छ : गगन थापा

बोलन्या थली | २७ जेष्ठ २०७७, मंगलवार

संसद बैठकमा नेपाली काङ्ग्रेसका सांसद गगन कुमार थापाले दश अर्ब कहाँ खर्च भयो? यसको एक एक हिसाब चाहिन्छ मंगलबार संसदको बैठकमा बताए।

‘दश अर्ब कहाँ खर्च भयो? हामीलाई जवाफ चाहिन्छ। पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन?  एकेक हिसाब चाहिन्छ,’ उनले भने, ‘सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’ सरकारले हालै कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च भइसकेको बताएको थियो।
कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्ने प्रश्न सांसद थापाले उठाएका छन्।

‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ?’ उनले प्रश्न गरे।

माघ २१ गतेदेखि कोरोनाबारे सरकारलाई सदनमार्फत् ध्यानाकर्षण गराए पनि तयारी नगर्दा संक्रमित र मृतक संख्या बढिरहेको उनले बताए।

‘धेरैले सरकारलाई सुझाव दिए। न हाम्रो, अदालतको, प्रेसको वा नागरिकको कसैको सुझाव सरकारले सुनेन,’ उनले भने, ‘नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्था? दोष कसको? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको। सरकारको अकर्मन्यताले रोकेको। असक्षमताले रोकेको हो।’ यो सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने उनले बताए।

‘अब सहयोग गर्छौं भनेर बस्दैनौं, उत्तर चाहिन्छ। दश अरब कहाँ खर्च भयो? हामीलाई एकएक हिसाव चाहिन्छ,’ ।

जनाअवजको टिप्पणीहरू